एसपी जोशीले टेकु लान्छु भनेर डा. केसीसँग किन झुट बोले?

+
-

काठमाडौँ- न्यायालयबिरुद्ध आन्दोलनरत डा. गोविन्द केसी सोमबार दिउँसो ४ बजे मात्र अनशन बसेका थिए। उनीविरुद्ध सोमबार नै अपहेलनाको रिट दर्ता भयो र सोमबार नै उनलाई समात्ने आदेश पनि भयो।

साँझ टिचिङ अस्पताल पुग्दा एउटा प्रहरीको भ्यान पनि पुग्यो। हतारहतार म माथि पुगेँ। डा. केसी बसेको कोठामा पुग्दा केही मिडियाका साथीहरु उनीसँग कुरा गरिरहेका थिए। केही प्रहरी बाहिर थिए। प्रहरीलाई मैले सोधेँ- केही खबर आएको छ?

उनीहरुले छैन भन्ने जवाफ दिए। कोठामा डा. केसी ‘म त्यस्तो भ्रष्ट प्रधानन्यायाधीशको आदेश मान्दिन भनिरहेका थिए।

केही मिडियाका साथी बाहिरिए। मलगायत केही साथी त्यहीँ बस्यौँ। डा. केसीलाई बारम्बार फोन आइरहेको थियो। उनी जवाफ दिइरहेका थिए। झण्डै आधा घण्टाको अन्तरालपछि एसपी रामदत्त जोशीको टोलीसहित प्रहरी त्यहाँ पुग्यो।

डा. केसीले जोशीलाई जुत्ता खोलेर मात्र भित्र आउन भने। जोशी निकै संयमित भएर बोले, आफूहरु आदेश आएको जानकारीसँगै साथमा लानलाई आएको बताए। डा. केसी आफ्नो वकिलसँग कुरा गर्ने भने।

जोशीले कुरा पनि गरे। ‘उताबाट लोकेसन माग्दा जोशीले लोकेसन हजूरलाई जानकारी गराउँछु भने। जब डा. केसीले फोनमा कुरा गरे र जोशीसँग आफूलाई कहाँ लग्ने लोकेसन मागे, जोशीले टेकु परिसरमा लाने बताए।

उनले भने, ‘हजूरलाई त्यहाँ सहज होला।’ त्यसपछि उनको पछि लागेर डा. केसी बाहिरिए र बाथरुम छिरे अनि तल झरे। उनलाई लिन एम्बुलेन्स ल्याइएको थियो र कडा सुरक्षा व्यस्था मिलाइएको थियो।

त्यहाँबाट एम्बुलेन्ससहित प्रहरी हिँड्यो। मैले पनि अफिसमा डा केसीलाई टेकु लगेको समाचार टिपाएँ। तर, म घर नपस्दै बाटोमै मेरो स्रोतले फोन गरेर उनलाई सिहँदरबार वृत्त पुर्‍याएको खबर गर्‍यो।

मैले फेरि बुझेँ। डा. केसीलाई सिंहदरबार नै पुर्‍याएको थाहा पाएँ।

एसपी जोशीले बारम्बार टेकु भनेर डा. केसीलाई किन सिहदरबार वृत पुर्‍याए?

जोशीले त्यसरी किन झूठ बोले?

केसी समर्थकहरुको सम्भावित प्रदर्शनबाट  बच्न वा कुनै अन्य कारणले?

यो पनि हेर्नुहोस्:

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

डा. केसीका पक्षमा सडकबाट चर्किदै जनदबाब

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?