डा. गोविन्द केसी पक्राउ, भने- जहाँ लान्छन्, त्यहीँ अनशन बस्छु

डा. गोविन्द केसी पक्राउ, भने- जहाँ लान्छन्, त्यहीँ अनशन बस्छु
पक्राउबारे डा. गोविन्द केसीलाई जानकारी गराउँदै महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी। तस्बिर: वर्षा शाह
+
-

न्यायालयबिरुद्ध आन्दोलनरत डा. गोविन्द केसीलाई प्रहरीले सोमबार साँझ टिचिङ अस्पताल परिसरबाट पक्राउ गरेको छ। उनलाई  सिंहदरबार प्रहरीमा लगिएको छ।

सर्वोच्च अदालतको निर्देशनपछि डा. गोविन्द केसीलाई पक्रन एसपी रामदत्त जोशीसहितको टोली टिचिङ अस्पताल पुगेको थियो।

पक्राउ हुनुअघि उनले अदालतमा भ्रष्टाचारी न्यायाधीश भएको आरोप लगाउँदै आफू अदालत नजाने बताएका छन्।

सर्वोच्चले उनलाई पक्रेर मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन निर्देशन दिएपछि टिचिङ अस्पताल पुगेका सञ्चारकर्मीसँग उनले भने, ‘मलाई प्रहरीले समातेर लैजान्छ भने लगोस्, मलाई समातेर जहाँ लान्छ, त्यहीँ म अनशन जारी राख्छु।’

उनले थपे, ‘म नागरिकको हैसियतले भ्रष्टाचारबिरुद्ध लडेको हो र लड्छु पनि।’

सर्वोच्च अदालतमा सुशीला कार्की, कल्याण श्रेष्ठजस्ता न्यायाधीश भएको भए आफू अदालत जाने पनि डा. केसीले बताए।

आफूलाई पक्रन दिइएको पूर्जी देखाउँदै डा. गोविन्द केसी। तस्बिर: वर्षा शाह

डा. केसीलाई पक्रन टिचिङ अस्पताल पुगेको एसपी रामदत्त जोशीसहितको टोली। तस्बिर: वर्षा शाह

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?