पूर्वराजा आउने भन्नेबित्तिकै बागेश्वरीमा ठेलमठेल

पूर्वराजा आउने भन्नेबित्तिकै बागेश्वरीमा ठेलमठेल
+
-

नेपालगञ्ज – पश्चिम नेपालको प्रसिद्ध मन्दिर बागेश्वरीको पूर्वी प्रवेशद्वारदेखि नै कार्पेट बिछ्याइएको छ। एक हुल मान्छे हातमा फूल लिएर उभिएका छन्।

ठूलो सुरक्षा घेराका बीचमा पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमलसँगै गाडीमा आए। मन्दिरको पूर्वीद्वारमा उत्रिए। राजाले भुइँमा खुट्टा टेक्ने बित्तिकै राजा समर्थकहरु कुर्लिए – ‘राजा आऊ देश बचाऊ।’

चर्को नाराबाजीबीच पूर्वराजा अगाडि बढे। हातमा फूल–माला लिएर बसेका समर्थकहरुले एक/एक गर्दै फूलमाला दिँदै ‘महाराजको जय होस्’ भनिरहे। पूर्वराजा ज्ञानेन्द्र फूलमाला लिँदै सदाजसरी मुस्कुराउदै अगाडि बढिरहे।

मन्दिरमा पुगेपछि मूल पुरोहित चन्द्रनाथ योगीले पूर्वराजा–रानीलाई पूजा गराए। पौने घण्टा मन्दिरमा पूजाआजा गरेर पूर्वराजा बासस्थान सोल्टी होटल फर्किए।

पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजाले यो बीचमा बर्दिया, दाङ र कैलालीको भ्रमण गरिसकेका छन्। नेपालगञ्ज आएको नौ दिनपछि यहाँको प्रसिद्ध मन्दिर बागेश्वरीमा पूजा गरेका छन्। शनिबार दिन सुनसानजस्तै रहेको बागेश्वरी मन्दिरमा राजाको प्रवेश हुने थाहा पाउने बित्तिकै मान्छेको भीड लागेको थियो।

पूर्वराजाको आगमनसँगै राजासमर्थकको भीडमा बागेश्वरी मन्दिर परिसरमा रहेका भिकारीको बिचल्ली भएको थियो। राजासमर्थकको ठूलो भीड लागेपछि भिकारीहरु छेउ लागेर बसेका थिए। मन्दिर परिसरभित्र दुई लानमा बसेका भिकारीतिर राजाको नजर भने परेन।

पूर्वराजाको अब सुर्खेत जाने कार्यक्रम छ। त्यसपछि भारतको लखनउ जाने नेपाल विद्यत परिषद्का केन्द्रीय उपाध्यक्ष दीपकबहादुर सिंहले जानकारी दिए।

तस्बिरहरु: कुमार श्रेष्ठ

यो पनि हेर्नुहोस्:

पूर्वराजा गाडीबाटै लखनऊ प्रस्थान

दाङमा पूर्वराजाको उपस्थितिमा लाग्यो यस्तो नारा

पूर्वराजाले समस्या सुने तर प्रतिक्रिया दिएनन्

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?