खप्तड गोल्डकपमा धरानलाई हराउँदै संकटा क्वाटरफाइनलमा

खप्तड गोल्डकपमा धरानलाई हराउँदै संकटा क्वाटरफाइनलमा
+
-

धनगढी- धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै सिएमजी संकटा धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा काठमाडौँको संकटाले धरान फुटबल क्लब धरानलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अन्तिम आठमा पुगेको हो।

पहिलो हाफको २६ औं मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो। धरानका लागि प्रकाश बुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले रोके।

निर्धारित समयमा कुनै गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा ५/५ जनाको प्रहारमा दुवै टीमले ३/३ गोल गरेका थिए। पछि थप भएका २/२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत गर्‍यो भने धरानले एकलाई गोल गर्दा अर्को प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाए।

दुई गोल रोकेर टिमलाई जिताएका उनले म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे।

पेनाल्टी सुटआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा, अभिशेष रिजालले गोल गर्दा सुशील लामा र भुस सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले बचाए।

धरानका लागि वर्तमान राई रोमन लिम्वु सुरज विक प्रकाश बुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहार गोल हुन सकेन।

प्रतियोगिता अन्तर्गत सोमवार १४ महिनापछि फुटवलमा फर्किँदै गरेको थ्रीस्टार क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उपविजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ।

यो पनी हेर्नुहोस्: 

खप्तड गोल्डकपमा एपीएफ क्वार्टरफाइनलमा

खप्तड गोल्डकप: आयोजक टिमको विजयी सुरुवात

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?