अ
+
अ
अ
-
काठमाडौं- यतिबेला काठमाडौंको टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ छ।

माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकुको माग बढी हुने भएकाले पनि यतिबेला टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले पुसदेखि नै चाकु बनाउन सुरु गरिन्छ।
अहिले टोखामा पुग्ने हो भने चाकुको वासनालेले टोखा बसाएको हुन्छ।

चाकु विषेश गरी जाडोमा तथा माघेसंक्रान्तिमा बढी प्रयोग गरिन्छ। वर्षमा एकचोटि भएपनि चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ।

टोखा चाकुले प्रख्यात ठाउँ हो, जहाँ अहिले पनि चाकु बन्छ। चाकु बनाउन सख्खरलाई पकाउनुपर्छ। 









तस्बिरहरु- बर्षा शाह