खप्तड गोल्डकप: आयोजक टिमको विजयी सुरुवात

खप्तड गोल्डकप: आयोजक टिमको विजयी सुरुवात
+
-

धनगढी- धनगढीमा शुक्रबार सुरु भएको सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक टिमले विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँको ए डिभिजन क्लब च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजक सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको हो । च्यासल युवा क्लव पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत भएको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोश्रो हाफको २६ औ मिनेटमा च्यासल युवा क्लवका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए। तर च्यासलको त्यो अग्रतालाई दोस्रो हाफको ४० औँ मिनेटमा सुदुरपश्चिम ११ स्पोर्टस क्लबका विनोद केसीले गोल गर्दै बराबरीमा ल्याए।

केसीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोलले १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउट मार्फत नतिजा निकालिएको हो।

पेनाल्टी सुटआउटमा च्यासल क्लबबाट गोल हान्न आएका सुमन लामाको प्रहारलाई सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका गोलरक्षक जीवन भट्टराईले रोके। गोल रोकेर टिमलाई जिताएका उनी म्यान अफ द म्याच भए। म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे।

यसअघि प्रतियोगिताको प्रमुख अतिथि प्रधानमन्त्री पत्नी पूर्वसासंद डाक्टर आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन्। उद्घाटन समारोहमा बोल्दै राणाले खेल क्षेत्रको विकासमा आफू लागिरहने बताइन्। आयोजकले उनलाई २१ किलाको माला समेत लगाइदिएको छ।

यो पनि हेर्नुहोस्:

धनगढीमा भोलिदेखि सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकप

खप्तड गोल्डकपमा एपीएफ क्वार्टरफाइनलमा

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?