पूर्वराजाले मुस्काउँदै भने, देशको अवस्था ठीकै छ

पूर्वराजाले मुस्काउँदै भने, देशको अवस्था ठीकै छ
धनगढीमा पूर्वराजाको स्वागत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह। तस्बिरहरु: दीपक जोशी
+
-

धनगढी-पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्था ठिकै भएको प्रतिक्रिया दिएका छन्।

बुधबार धनगढीमा शिवपुरी धामको दर्शन र पूजाआजा सकेपछि संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै शाहले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘देशको अहिलेको अवस्थाप्रति तपाईको भनाइ के छ ?’ संवाददाताहरुको प्रश्नमा उनले मुस्काउँदै ‘देशको अवस्था ठिकै छ, म यो बारेमा अहिले केहि भन्न चाहन्न’ भने।

पूर्वराजाले शिवपुरी धाममा निर्माण भएका धार्मिक संरचना आफूलाई मन परेको भन्दै प्रशंसा गरे। उनले आफूलाई शिवपुरी धार्मिक क्षेत्रमा बोलाएर पूजाआजाको अवसर प्रदान गरेकोमा व्यवस्थापकहरुलाई धन्यवाद दिए।

बिहीबार बिहान मोटर चढेर आएका पूर्वराजा ज्ञानेन्द्रले करिव ४५ मिनेट शिवपुरी धाममा पुजाआजा गरेका हुन्। पूर्वराजाको स्वागतका लागि गाउँगाउँबाट ठूलो संख्यामा समर्थकहरु आएका थिए।

उनीहरुले राजसंस्थाका पक्षमा नाराबाजी गर्दै पूर्वराजाको जयजयकार गरे। पूर्वराजाले सडकमा लामबद्ध भएका समर्थकहरुबाट पुष्पगुच्छा ग्रहण गर्दा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो। राजावादीहरुले राजा आउ देश बचाऊ, अबको आस्था राजसंस्था लगायतका नारा घन्काएका थिए।

उत्तरबेहडीको शिवपुरी धाममा पूजा सकेर पूर्वराजाले धनगढीको जलशा होटलमा दिवा खाना खाएका थिए।

पूर्वराजाको स्वागतमा धुर्रिएका सर्वसाधारण।

पूजाआजा गर्दै पूर्वराजा।

पूर्वराजाको स्वागतमा पञ्चकन्या।

पूर्वराजासँग भेट गर्न लामबद्ध सर्वसाधारण।

यो पनि हेर्नुहोस्: 

पूर्वराजा कार चलाएर सुटुक्क बाहिर निस्केपछि …

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?