पार्टनर साट्ने चक्करले प्रहरी खोर पुर्‍यायो

+
-

नेपालगञ्ज– मनोज आउने कुरा थियो। ढोकाको चुक्कुल लगाइएको थिएन। राति दुई बजेतिर हातमा मदिराको गिलास लिएर निरज कोठाभित्र छिरे। सहमतिमै एक/एक जना युवती लिएर नेपालगञ्जको एक होटलमा बसेका ‘हाइप्रोफाइल’ का दुई जना ‘पार्टनर’ साट्ने चक्करले प्रहरीखोरमा पुगेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालगञ्जको एक चारतारे होटलमा तीनवटा कोठा बुक गरिएको थियो। ३०१ मा २६ वर्षीया युवतीलाई लिएर निरज गुरुङ बसे, ३२१ मा मनोज भारती र ३०५ नम्बर कोठामा १९ वर्षीया किशोरी बसिन्।

एक/एक जना लिएर होटलमा पुगेका उनीहरुले सहमतिअनुसार नै समय व्यतीत गरे। मनोज ढोका खुल्ला राख्न लगाएर आफ्नो कोठामा गए। राति दुई बजेतिर एउटा हातमा मदिराको गिलास बोकेर १९ वर्षीया किशोरीको कोठामा निरज छिरेपछि घटनाले अर्कै रुप लियो।

किशोरीले अस्वीकार गरेपछि निरजले हातको गिलास फुटायो। मार्ने धम्की दियो। किशोरीले स्वीकार गरिन्। तैपनि विवाद टुंगिएन। अति भएपछि किशोरी शौचलयभित्र पसेर १०० नम्बरमा फोन गरिन्। प्रहरी पुग्दा किशोरी शौचालयमा नांगै थिइन्।

३९ वर्षका मनोज र ४३ वर्षका निरज साथी थिए । निरजलाई केटी मिलाउने पनि मनोज नै थिए। निरजको उट्पट्याङ सोचले गर्दा यतिबेला दुवै जना जिल्ला प्रहरी कार्यालय, बाँकेको नियन्त्रणमा छन्। निरजलाई करणी र मनोजलाई मतियारमा मुद्दा हालिएको छ।

बाँके प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । सीता एयरका स्टेशन म्यानेजर मनोज हिजो मंगलबारदेखि भेरी अञ्चल अस्पतालमा भर्ना भएका छन्। मुटुसम्बन्धी बिरामी रहेको बताएर मनोज भेरीमा छन्। १९ वर्षीया किशोरी मनोजको निरन्तर सम्पर्क थिइन्। दिनको १५ हजारमा दुवैलाई बोलाएको अभियुक्तहरुले बयान दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?