पुर्वराजा ज्ञानेन्द्र धनगढी आउँदै, के के पाक्दैछ जलसा होटेलमा ?

पुर्वराजा ज्ञानेन्द्र धनगढी आउँदै, के के पाक्दैछ जलसा होटेलमा ?
पुर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने भएपछि सजावट गर्दै जलसा होटेलका कर्मचारी। तस्बिर-दीपक जोशी
+
-

धनगढी- पुर्वराजा ज्ञानेन्द्र शाह अहिले बिहान धनगढी आउँदैन्। पुर्वराजाले धनगढीको उत्तरबेहडीस्थित शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने कार्यक्रम रहेको छ।

पुर्वराजासँगै पुर्वरानी कोमल, बुहारी हिमानी र नातीनि प्रेरणा शाह पनि धनगढी आउने बताईएपनि अहिले राजा ज्ञानेन्द्र एक्लै आईरहेका छन्।

बिहानै पुर्वराजाले उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि दिउसो १ बजे धनगढीको जलशा होटलमा खाना खाने तालिका छ। पुर्वराज परिवारको खानाका लागि दरवारका ३ जना कुक आफै आएका छन्।।

दरवारका कुक कृष्ण गुरुङको नेतृत्वमा आएका उनिहरुले बिहानैदेखी जलशा होटेलको किचेनमा खानाको तयारी गरिरहेका छन्। कुक गुरुङले भने खानाका परिकारहरुको बारेमा जानकारी दिन मानेनन्। उनले दाल भात तरकारी सहितको नेपाली खाना तयार भईरहेको भने जानकारी दिए।

खानाका लागि दरवारका कुकहरुले छुट्टै मसाला माग गरेको होटेलका कर्मचारीहरुले बताएका छन्। जलसा होटेलको १ सय ५ नम्बर कोठामा पुर्व राजा ज्ञानेन्द्रले खाना खाने छन्। होटलका कर्मचारीहरुले उक्त कोठा सजाएर राखेका छन्।

१ सय २ नम्बर कोठामा आराम गरीसकेपछि १ सय ५ नम्बर कोठामा खाना खाने कार्यक्रम रहेको होटेलले जनाएको छ। दुई वर्षअघि धनगढी आएका पुर्वराजा ज्ञानेन्द्रले धनगढीको रुवस होटलमा रुद्री पाठ गरेर चिकेन तन्दुरी खाएको कुराले चर्चा पाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?