प्रताप मल्लकै शैलीमा रानीपोखरी

+
-

काठमाडौं-काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउन उत्खनन सुरु गरिएको छ।


पुरातत्वका पूर्वमहानिर्देशक विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मंगलबारदेखि रानीपोखरीको उत्खनन् सुरु गरेको हो।

समूहले १ मिटरदेखि डेढ मिटरसम्म उत्खनन गरेको विज्ञ समूहको एक सदस्‍य प्राध्‍यापक सुदर्शनराज तिवारीले देश सञ्‍चारलाई बताए। उनले भने, ‘ हामीले डेढ मिटर खन्दा सोचेजस्तो माटो भेटाएनौ। अब अर्को ठाउँ पनि उत्खनन् गर्छौ।’

उनले प्रताप मल्लले बनाएको रानीपोखरीमा मध्यसमयमा कसले डिल हाल्यो भन्ने प्रश्न उठेपछि उत्खनन गर्ने निर्णय गरिएको समेत जानकारी दिए।

उनका अनुसार पहिलो पटकको उत्खनन्‌बाट कालो माटो भेटिएको छ। जसलाई परीक्षणका लागि पुरातत्व विभागको प्रयोगशालामा लगिएको छ।

त्यस्तै हिजो बसेको विज्ञ समूहको बैठकले रानीपोखरी पुनर्निर्माणबारे सार्वसाधारणसँग पनि सुझाव मागेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?