स्मार्ट सिटी कि भ्वाङ सिटी?

स्मार्ट सिटी कि भ्वाङ सिटी?
धनगढीको मुख्य सडकमा एक महिनादेखि परेको भ्वाङ।
+
-

धनगढी-धनगढी उपमहानगरपालिकाको हसनपुर र नैनादेवी टोल जोडने चौराहाको कल्भर्टको बीचमा परेको ज्यानमारा प्वाल लामो समयसम्म पनि मर्मत नहुँदा दिनहुँ दुर्घटना भइरहेका छन्।

कल्भर्टको बीच भागमा विगत एक महिनादेखि ठूलो प्वाल परेको छ। तर उक्त कल्भर्ट मर्मतका लागि कसैले चासो नदेखाएको स्थानीय चक्र देउवाले गुनासो गरे। उनले उक्त ठाउँमा स्कुल कलेजका बिद्यार्थीहरु दैनिक दुर्घटनामा पर्ने गरेको बताए।

दिनभरि मानिसहरुको आवागमनले अति व्यस्त रहने यो कल्भर्ट नजिकै नेपाली कांग्रेसको पार्टी कार्यालय पनि छ। सोही सडक भएर कांग्रेसका नेताहरु पनि पार्टी कार्यालय आवतजातत गर्छन्। उपनगरपालिकाका कयौँ कर्मचारीहरु पनि यही बाटो भएर कार्यालय जाने गरेका छन्।

आफ्नै पार्टीका नेताहरु वडाअध्यक्ष, मेयर उपमेयरमा निर्वाचित भएर पनि भत्किएको सामान्य कल्भर्ट मर्मतका लागि पनि पहल नगरेको स्थानीय वन्दना श्रेष्ठको गुनासो छ।

उनले स्थानीय तहमा जनप्रतिनिधिहरु आएका बेलासमेत ससानो काममा लापरबाही भएपछि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझैँ महसुस भएको गुनासो गरिन्।

धनगढीलाई स्मार्ट सिटी बनाउने भन्दै नेताहरुले भोट मागेका थिए। ‘तर एक महिनासम्म पनि सामान्य कल्भर्टमा परेको प्वाल मर्मत गरिएको छैन, नेताहरुले स्मार्ट सिटी बनाउने भनेका हुन् कि प्वाल सिटी?’ स्थानीय श्याम खनालले प्रश्न गरे।

यो पनि हेर्नुहोस्:

गल्छी–मैलुङ सडक निर्माण एक वर्षमा बल्ल दश प्रतिशत

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?