धनगढीमा बुधबारदेखि अन्तर्राष्ट्रिय कराँते

धनगढीमा बुधबारदेखि अन्तर्राष्ट्रिय कराँते
+
-

धनगढी- बुधबारदेखि धनगढीमा ८ औँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु हुँदैछ।

आयोजक सुदुरपश्चिमाञ्चल गोजुरियो कराँते दो संघले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ।

प्रतियोगिताका संयोजक तथा गोजुरियो कराँते दो संघका केन्द्रीय महासचिव प्रकाश चन्दले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। खेलहरु बुधबार बिहान १० बजेदेखि नै धनगढी रंगशालामा सञ्चालन हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनि रानाले दिउँसो ३ बजे गर्ने कार्यक्रम तय गरिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपालसहित ६ देशका करिब साढे चार सय खेलाडी धनगढी पुगिसकेका छन्। नेपालका २ सय ४३, भारतका १ सय ८०, श्रीलङ्काका १९, भुटानका ७, पाकिस्तानका ५ तथा बङ्गलादेशका ९ गरी ४ सय ६३ खेलाडी प्रतियोगिता खेल्नका लागि धनगढी आउनेछन्।

प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकका लागि खेलाडी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुमुतो विधातर्फ प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार र तृतीय पुररस्कार २१ हजार रुपैयाँ राखिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?