बेरुजुमा कारबाही पर्ने डरले हवल्दारले नै लगाएका थिए सशस्त्रमा आगो

+
-

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघिमात्र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयको लेखामा कार्यरत हवल्दार रामकृष्ण श्रेष्ठसँग बयान लिएको थियो।

एपीएफको आर्थिक हिनामिनामा छानबिन गरिरहेको अख्तियारले आर्थिक वर्ष २०६९/७० को एपीएफको लेखा सम्बन्धी फाइललाई लिएर श्रेष्ठलाई पनि अनुसन्धानमा तानेको थियो।

स्रोतका अनुसार श्रेष्ठको नाममा साढे नौ लाख रुपैयाँ बेरुजु देखिएपछि उनको पनि बयान लिइएको थियो। आफ्ना चार सहकर्मी यही प्रकरणमा निलम्बित भएपछि आफू पनि कारबाहीमा पर्ने डर श्रेष्ठलाई थियो।

बयानमा क्रममा श्रेष्ठले लगेको फाइल अपूर्ण रहेको भन्दै सबै फाइल लिएर आउन भन्दै उनलाई अख्तियारले निर्देशन दिएको थियो। तर, अन्य साथीलाई भएजस्तो कारबाहीबाट जोगिन उनले फाइल राखेको स्टोरमा आगो लगाउने योजना बनाए।

पुस ३ गते सशस्त्र मुख्यालयको स्टोरमा लागेको आगलागी सम्बन्धमा छानबिन गर्न गठन भएको समितिले मध्यरातमा भएको उक्त आगलागी उनै श्रेष्ठले लगाएको निष्कर्ष निकालेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

‘कारबाहीमा पर्ने डरले श्रेष्ठले स्टोरमा आगो लगाएर प्रमाण नष्ट गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’, गृह मन्त्रालयद्वारा गठित छानबिन उपसमितिका संयोजक प्रजित केसीले भने।

आगो लगाउनुअघि श्रेष्ठ मदिरा सेवन गरी साँझ सात बजे कार्यालय प्रवेश गरेका थिए। राति एक बजे स्टोरमा आगो लागेपछि दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। सशस्त्र मुख्यालयले विद्युत सट भएका कारण आगलागी भएको बताए पनि गृहले अनुसन्धान अगाडि बढाएको थियो।

आगलागीका कारण सशस्त्रको लेखासम्बन्धी महत्वपूर्ण फाइल नष्ट भएका छन्। ‘श्रेष्ठले अगाडि नै पेट्रोल लगेर राखेको देखिन्छ। डकुमेन्ट वरिपरि पेट्रोल छर्किएपछि बाहिरबाट सलाई कोरेर त्यहाँ फ्याँकेको र उनी त्यहाँबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी केसीले भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?