प्रदेश-४ मा प्रदेशसभाका लागि सिट विभाजन

प्रदेश-४ मा प्रदेशसभाका लागि सिट विभाजन
निर्वाचन आयोग। फाइल तस्बिर।
+
-

कास्की-समानुपातिको मतगणनाको नतिजासँगै निर्वाचन आयोगले प्रदेशसभाका लागि सिट विभाजन गरेको छ।

सोही अनुसार आयोगले राजनैतिकदलहरुलाई समेत नाम पठाउन पत्राचार गरेपछि पार्टिभित्र प्रदेशका लागि समानुपातिक सांसद छनोट अन्तिम तयारीमा नेतृत्व जुटेको छ।

निर्वाचन आयोगका अनुसार प्रदेश चारमा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको छ  भने कांग्रेसले ३ लाख ६४ हजार ७ सय ९७ र माओवादीले १ लाख १९ हजार ५ सय २८ मत प्राप्त गरेका थिए।

त्यसैगरी नयाँ शक्ति पार्टीले २४ हजार ६ सय २५ र जनमोर्चाले १९ हजार २ सय ७६ मत प्राप्त गरेका थिए।

प्रदेश नं ४ मा समानुपातिकतर्फ जनजातिले ४२.३७५ प्रतिशत सदस्य पाउने छन भने खसआर्यले ३७.२४५ प्रतिशत सदस्य पाउने भएका छन्।

दलितले १७.४४५ मुस्लिमले ०.७१५ र मधेशी समुदायको ०.५२५ प्रतिशत प्रतिनिधित्व हुने व्‍यवस्था छ।

६० सदस्यीय प्रदेशसभा रहने यो प्रदेशमा २४ जना सांसद समानुपातिकबाट चुनिनेछन्। संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति गराउनु पर्ने संविधानले नै व्यवस्था गरिदिएको छ।

अहिले प्रत्यक्षमा महिला सहभागित कम भएका कारणले पनि समानुपातिकबाट ३३ प्रतिशत पुर्‍याउन दलहरुलाई बाध्यकारी भएको छ। समानुपातिक सांसदका लागि ६ क्लस्टर छुट्याइएको छ र बन्द सूचीको पहिलो नम्बरमा हुने प्राथमिकतामा पर्नेछन्।

प्रदेश ४ एमालेले समानुपातिक तर्फ १० जना सांसद पाउने भएकाले जनजातिमा ४ जना सांसद हुनेछन्। विजय गुरुङ (पर्वत), मित्रकुमारी गुरुङ सुवेदी (कास्की), सावित्री राना(बाग्लुङ) र मीना गुरुङ (कास्की) समानुपातिक सांसद हुने अग्रपंत्तिमा देखिएका छन्।

यसैगरी खसआर्यबाट ४ समानुपातिक सांसदमा मायानाथ अधिकारी (लमजुङ), सिर्जना शर्मा (कास्की), प्रभा कोइराला (कास्की) र पुष्पा केसी भण्डारी (कास्की) संभावना देखिएको छ । दलित तर्फ २ जना गोविन्दबहादुर नेपाली (पर्वत) र लक्ष्मी सुनार (नवलपरासी) समानुपातिक सांसद बन्नेमा नाम रहेको छ।

पर्वतकी जुना देवी नेपाली महिलाको दोस्रो नम्बरमा रहेका कारण उनको संभावना कम देखिएको एमाले स्रोतले जनाएको छ। प्रदेश नं ४ नेपाली कांग्रेस तर्फ ९ जना समानुपातिक सांसद बन्‍ने छन्। त्यस मध्ये जनजातिमा ४ जना सांसद बन्‍नेछन्।

मेखलाल श्रेष्ठ (स्याङ्जा), हरिबहादुर घले (गोरखा), ललितकला गुरुङ (पर्वत) र सरिता गुरुङ (तनहुँ) साँसद बन्‍ने संभावना रहेको छ । यसैगरी खसआर्यमा ३ जना सांसद हुने भएकाले मणिभद्र शर्मा कँडेल (बाग्लुङ), ओमकला गौतम (नवलपरासी), सरस्वती तिवारी (स्याङ्जा) रहेका छन्। दलित तर्फ २ साँसद हुने भएकाले दोबाटे विश्वकर्मा (तनहुँ) र कोपिला बोहरा (स्याङ्जा) को नाम अग्रपंक्तिमा देखिएको छ।

प्रदेश ४ माओवादी केन्द्रबाट ३ जना सांसद पाउने भएको छ। जनजातिबाट गायत्री गुरुङ (पर्वत), खसआर्यबाट मधुमाया अधिकारी गुरुङ (लमजुङ) तथा दलितबाट दिलमाया रोकामगर गौतम (बाग्लुङ) तीनै जनामा महिला समानुपातिक सांसदको लिष्टमा रहेका छन्।

प्रदेशसभातर्फ १.५ प्रतिशतको थ्रेसहोल्ड छ। यसैका आधारमा नयाँ शक्ति र जनमोर्चाले एकएक सिट पाउने भएका छन्। प्रदेश नं ४ मा नया शक्तिको प्राप्त मतका आधारमा जनजातिबाट धनमाया लामा पोखरेल (गोरखा) तथा जनमोर्चाको प्राप्त मतको आधारमा जनजातिबाट पियारी थापा (बाग्लुङ) सांसद बन्‍ने लाइनमा रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?