क्‍यान फेडेरेशनको नयाँ अध्‍यक्षमा हेमन्त चौरसिया

क्‍यान फेडेरेशनको नयाँ अध्‍यक्षमा हेमन्त चौरसिया
+
-

काठमाडौं- कम्‍प्‍युटर एशोसिएशन अफ नेपाल (क्‍यान) फेडेरेशनको अध्‍यक्षमा हेमन्त चौरसिया सर्वसम्‍मतिले निर्वाचित भएका छन्। राजधानीमा पुस ६, ७ र ८ गते भएको क्यानको २४ औ महाधिवेशनबाट
चौरसियालाई नयाँ अध्‍यक्षको रुपमा चुनेको हो।

निर्विरोध चयन भएका क्यान महासंघको उपाध्यक्षमा विश्वराम बलामी संस्थागत तर्फ निर्वाचित  भएका छन् भने सुनैना घिमिरे पाण्डे महिला तर्फ निर्वाचित भएकी छिन्। यस्तै रोमकान्त पाण्डे  व्यक्तिगत तर्फ र नवराज कुँवर जिल्लातर्फ निर्विरोध निर्वाचित भएको क्यान महासंघका अध्‍यक्ष चौरसियाले देशसञ्‍चारसँग बताए।

उनका अनुसार महासचिवमा रञ्‍जितकुमार पोदार,कोषाध्यक्षमा खुशल रेग्मी, सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन्।  यस्तै  महासंघको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिव पदमा जगनबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् भने थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट व्यक्तिगत तर्फ डा. पवनकुमार शर्मा र संस्थागततर्फ नारायणबहादुर थापा निर्वाचित भएका छन्।

यस्तै कार्यसमिति सदस्यमा रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्‍नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ निर्वाचित भएका छन् भने अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी,अस्गर अली, अरुणकुमार वंशल, मधु कुमार अमात्य, विक्रम सिंह, दिपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ पनि कार्यसमितिका सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी महासंघको निर्वाचित सदस्‍यमा चिरञ्जिवी अधिकारी, ठाकुर कुमार श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं वली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेम राज पनेरु पनि निर्विरोध कार्यसमितिमा निर्वाचित भएका छन्।

क्यानमहासंघ नेपालको आइसिटी क्षेत्रको पुरानो र ठूलो साझा हो । २५ वर्षअघि केही आइसिटी व्यवसायीको अग्रसरतामा सुरु भएको क्यान अहिले देशैभर संगठित भइरहेको छ । कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा क्यानले गरेको प्रयास, योगदान र उपलब्धीले यो क्षेत्र पनि फराकिलो बन्दै गएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?