फारवेस्ट पशुपति कपको उपाधि आयोजकै पोल्टामा

+
-

कैलाली-धनगढीमा सम्पन्‍न फारवेस्ट पशुपति कपको उपाधिमाथि आयोजक टिमले नै कब्जा जमाएको छ।

निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा आयोजक फारवेस्ट पशुपति युवा क्लवले पिएफए अत्तरीयालाई ट्राईब्रेकरमा हराएको हो।

आयोजकले अत्तरियालाई ट्राईब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरीएको थियो। तर थप गरीएको समयमा पनि गोल नभएपछि खेलको नतिजा ट्राईब्रेकरबाट निकालिएको हो।

ट्राईब्रेकरमा फिएफएम अत्तरियाका दुई जना खेलाडीको प्रहार गोल पोस्ट बाहिर गएको थियो। उपाधिसँगै फारवेस्ट पशुपति क्लवले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाएको छ।

यस्तै उप-विजेता बनेको पिएफए अत्तरियाले नगद एक लाख पचाँस हजारमा चित्त बुझाएको छ।

विभिन्‍न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०/१० हजारका दरले नगद पुरस्कार पाएका छन्।

यो पनि हेर्नुहोस्:

पिएफए अत्तरिया फारवेस्ट पशुपति कपको फाइनलमा

धनगढीमा फारवेस्ट पशुपति कप फुटबल सुरु

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?