मुख्यमन्त्री बन्नेमा ढुक्क छु- तामाङ

मुख्यमन्त्री बन्नेमा ढुक्क छु- तामाङ
तारा लामा तामाङ।
+
-

धनगढी- प्रदेश ७ को मुख्यमन्त्रीको दौडमा भनेर चर्चामा रहेका नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा प्रदेशसभाका सांसद तारा लामा तामाङले पार्टीले आफ्नो पक्षमा फैसला गर्नेमा अत्यन्त ढुक्क रहेको बताएका छन्।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले प्रदेश ७ को मुख्यमन्त्रीका लागि आफूलाई फैसला गरे कुशलतापूर्वक जिम्मेवारी पूरा गर्ने बताए।

तामाङले आफैँले मुख्यमन्त्री हुन्छु भन्दा पनि पार्टीले दिएको खण्डमा जुनसुकै जिम्मेवारी पनि पूरा गर्ने बताए।

उनले मुख्यमन्त्री बनाउनकै लागि पार्टीले आफूलाई प्रदेश सभामा चुनाव लडाएको बताए।

‘पार्टीले पहिले प्रतिनिधि सभामा उठ्न भनेको थियो पछि प्रदेशमा चुनाव लडाइयो, केही जिम्मेवारी दिनकै लागि मलाई प्रदेशमा पठाइएको होला भन्ने मैले बुझेको छु,’ नेता तामाङले भने।

एमालेबाट प्रदेश ७ को मुख्यमन्त्रीका लागि तामाङसहित कौलालीका दृघ सोडारीको नाम पनि चर्चामा छ।

 

यो पनि हेर्नुहोस्:

प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको पनि दाबी

प्रदेश ४ को मुख्यमन्त्री मा दुई एमाले नेताको चर्चा

हिमागृहको विकल्प खोज्दै प्रशासन, ‘मुख्यमन्त्रीलाई राजा नबनाऊ’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?