‘विराटनगरबाट ढिलो उड्छ तर जहाज उड्छ’

‘विराटनगरबाट ढिलो उड्छ तर जहाज उड्छ’
विराटनगर विमानस्थल।
+
-

विराटनगर- दिउँसो चिसो मौसम तथा कम भिजिबिलिटी भए पनि विराटनगरको हवाई सेवा प्रभावित नभएको नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ। यद्यपि चिसो बढ्दै गएसँगै विराटनगर विमानस्थल भने निर्धारित समयभन्दा ढिलो खुल्ने गरेको छ।

‘कम भिजिबिलिटीका कारण दुई दिनयता विमानस्थल करिब १२ः३० बजेपछि मात्र खुल्दै आएको छ, तर त्यसले उडानमा भने समस्या उत्पन्न गराएको छैन,’ कार्यालयका निर्देशक सुरेशमान सिंह बताउँछन्। सिंहका अनुसार मौसममा केही सुधार आएसँगै सोमबार दिउँसोबाट विमानस्थल खुलेको छ। ढिलो गरी विमानस्थल खुले पनि राति ९ बजेसम्म सबै नियमित उडानलाई व्यवस्थापन गर्नेतर्फ आफूहरु लक्षित रहेको उनले बताए।

‘हामीसँग जनशक्ति र प्राविधिक पक्ष सक्षम रहेकाले राति अबेरसम्म उडान भर्ने कार्य जारी राखिरहेका छौँ,’ उनी स्पष्ट पार्छन्, ‘रातिका लागि लाइटिङ प्रणाली व्यवस्थित भएको कारण पनि हामीले आइतबार राति साढे नौ बजेसम्म उडान भर्‍याैँ।’

गत भदौ अन्तिम सातामा विराटनगरमा गएको बाढीको कारण विमानस्थल साता दिनभन्दा बढी अवरुद्ध भएको थियो।  त्यस क्रममा लाइटिङ सिस्टम, एक्सरे मेसिन डुबानका कारण बिग्रिएको थियो। एक्सरे मेसिन भने हाल पनि बन्द अवस्थामा छ भने लाइटिङ सिस्टम बनेको कारण हाल उडान सहज भएको छ।

अर्कोतर्फ राति अबेर हुने उडानले यात्रुलाई समस्यामा पारेको छ। विराटनगरबाट धरान, धनकुटालगायत पहाडी क्षेत्रतर्फ पुग्ने यात्रु मर्कामा परेका छन्। रातिको समय यातायात सवारीले आफूखुसी भाडा लिने गरेको उनीहरुको गुनासो छ। दैनिक १४ वटा नियमित उडान भर्ने यस विमानस्थलमा आइतबार तीनवटा उडान रद्द भएको थियो। शनिबार बेलुका ६ बजेपछि मात्र विमानस्थल खुलेको थियो। विराटनगरबाट हाल दुईवटा विमान कम्पनीले पहाडी क्षेत्र, भोजपुर, तुम्लिङटार र खानीडाँडामा उडान भर्दै आएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?