मंसिरसम्म लक्ष्यभन्दा ९ अर्ब कम राजस्व सङ्कलन

+
-

काठमाडौँ- सरकारलाई चालु खर्चको दबाब भई आन्तरिक ऋण उठाइरहँँदा लक्ष्य बमोजिमको राजस्व सङ्कलन हुन सकिरहेको छैन।

कात्तिक मसान्तमा लक्ष्यभन्दा कम राजस्व उठाउन सकेको सरकारले मंसिर मसान्तसम्ममा पनि राजस्व सङ्कलन लक्ष्य भेट्टाउन सकेन। सरकाले मंसिर मसान्त सम्ममा२ खर्ब ५१ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। अर्थ मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार मंसिर मसान्तसम्म २ खर्ब ४२ अर्ब ४३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेलले अन्तिम तथ्यांक आउन एक दुई दिन लाग्ने बताए।

राजस्व सङ्कलनमा कात्तिक मसान्तसम्म लक्ष्य भन्दा ६ अर्ब पछाडि रहेको सरकार मंसिर मसान्त पुग्दा लक्ष्यभन्दा ९ अर्बले पछि परेको छ।

गत कत्तिक सम्ममा २ खर्ब १ अर्ब रुपैयाँ लक्ष्य रहेकोमा सरकारले उक्त अवधिमा १ खर्ब ९५ अर्ब रुपैयाँमात्रै राजस्व सङ्कलन गर्न सकेको थियो।

राजस्व सचिव शिशिर ढुङ्गाना निर्वाचनका लागि तीन दिन सीमा नाका सिल हुँदा चालु महिनामा लक्ष्य अनुरुपको राजश्व सङ्कलन गर्न नसकिएको बताउँछन्। चालु आर्थिक बर्षको मसान्त सम्ममा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न अर्थ मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए।

तराईमा आएको बाढीले ६-७ दिन भन्सार राम्ररी चल्न नसक्नु, वीरगञ्ज भन्सार स्थानीय तह निर्वाचनमा तीन दिन बन्द रहनु र धेरै कर्मचारीहरु निर्वाचनका काममा व्यस्त भएकाले पनि राजस्व सङ्कलन लक्ष्यभन्दा केही कम भएको ढुङ्गाना बताउँछन्।

ढुङ्गाना पुस मसान्तमा मन्त्रालयले लक्ष्य बमोजिमको राजस्व सङ्कलन गर्ने दाबी गर्छन्। आयकरको पहिलो किस्ताले पुस मसान्तमा राजस्व सङ्कलन वृद्धि हुने मन्त्रालयको प्रक्षेपण रहेको उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?