प्रदेश नम्बर-७मा को बन्ला मुख्‍य मन्त्री ?

प्रदेश नम्बर-७मा को बन्ला मुख्‍य मन्त्री ?
कर्णबहादुर थापा।
+
-

धनगढी-बामबठबन्धनबाट प्रदेश नम्बर-७ को मुख्य मन्त्री का प्रबल दावेदार एमाले नेता कर्णबहादुर थापा मुख्य मन्त्रीको दौडबाट आउट भएका छन्।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अगाबै प्रदेश ७ को मुख्यमन्त्री का रुपमा अगाडी सारिएका थापा समानुपातिकमा नआउने भएपछि उनको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो।

निर्वाचन प्रचार प्रसारकै क्रममा नेकपा एमालेभित्र उनलाई मुख्यमन्त्री बनाउने मोटामोटी सहमती भईसकेको थियो । त्यसबेला बिभिन्न स्थानमा पत्रकार सम्मेलन गरेका थापाले आफू मुख्यमन्त्री पक्का भईसकेको बताउदै आएका थिए। तर संबिधानमा प्रदेश सभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएपछि थापा प्रदेश सभा सदस्यमा चुनिएनन।

यता, एमालेले सुमानुपातिक तर्फबाट ७ जना प्रदेश सभा सदस्य पाउने र बाध्‍यकारी रुपमा महिला पठाउनुपर्ने परिस्थिति आएपछि थापा आउट भएका हुन। मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै हिडेका थापाले समानुपातिकको अंकगणितीय हिसाव पनि नगरेको भन्दै धेरैले उनको आलोचना गरिरहेका छन्। कतिपय थापाका समर्थकहरु भने पार्टीभित्रैबाट थापालाई फसाईएको भन्‍न थालेका छन्। थापा यस अघि बाजुराबाट संबिधान सभा सदस्यमा निर्वाचीत भएर उद्योग मन्त्री बनेका थिए।

पुर्वमन्त्री समेत रहेका थापा आउट भएपछि एमालेभित्र दोस्रो बरियताका नेताहरु मुख्यमन्त्रीको दौडमा छन्। कैलालीबाट जिल्ला अध्यक्ष दृघ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ र बाजुराबाट प्रकास शाहको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ।

तामाङले मुख्यमन्त्रीका लागि पार्टिले आफ्नो मुल्याङकन गर्नेमा विश्‍वस्त रहेको बताए। उनले आफू अल्पसंख्यक समुदायको प्रतिनिधित्व समेत गर्ने भएकोले आफूलाई मुख्यमन्त्री बनाए पार्टीको गौरब समेत बढ्ने बताए।

यता, प्रदेश ७ मा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने संभावना बलियो रहेपछि माओवादी नेताहरु बिरमान चौधरी, झपट बोहरा लगायत पनि मुख्य मन्त्री बन्‍ने दौडमा छन्। अन्य प्रदेशमा एमाले नेतालाई मुख्यमन्त्रीमा सहमति गर्ने र प्रदेश ७ मा माओवादीले भाग पाउने सम्भावना देखेपछि अछामबाट प्रदेश सभामा निर्वाचीत झपट बोहरा र कैलालीबाट निर्वाचित बिरमान चौधरी मुख्य मन्त्रीको दौडमा छन। उनीहरुले पार्टीभित्र लबिङ पनि सुरु गरिसकेका छन्।

यस्तै प्रदेश नम्बर ७ को प्रदेश सभामा समानुपातिक तर्फ नेपाली काँग्रेसले ८, नेकपा एमालेले ७ माओवादी केन्द्रले ४ र राजपाले १ सीट पाउने भएका छन। एमालेले प्रदेशमा प्रत्यक्ष तर्फ १७ सीट जितेको छ।

प्रदेश ७ मा सरकार गठन गर्न २७ सिट आवश्यक पर्नेमा एमाले एक्लैसंग २४ सीट छ। माओवादीले १४ र कांग्रेसले १२ सिट जितेका छन्। बामबठबन्धन कायम नरहे माओवादी, कांग्रेस र राजपा मिलेर पनि प्रदेश सरकार बनाउन सिट पुग्‍ने देखिन्छ।

यो पनि हेर्नुहोस्:

हिमागृहको विकल्प खोज्दै प्रशासन, ‘मुख्यमन्त्रीलाई राजा नबनाऊ’

को बन्ला प्रदेश १ मा मुख्यमन्त्री?

भावी मुख्यमन्त्रीको योजना- दाङ केन्द्र, वरिपरि महानगरपालिका

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?