एनपी साउदले सिलन्यास गरेको पुल निमार्ण भएन

एनपी साउदले सिलन्यास गरेको पुल निमार्ण भएन
+
-

धनगढी-कञ्चनपुर क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नरबहादुर धामीले राजघाट धनगढी जोड्ने मोहना नदी माथिको पुल निमार्ण को काम चालू आर्थिक बर्षमा जसरी पनि सम्पन्न गराएरै छोड्ने बताएका छन्।

३ बर्षसम्म पुल निमार्णले गति नलिएकोमा दुःख व्यक्त गर्दै उनले यस बर्ष जसरी पनि काम सम्पन्न गराउन पहल गर्ने बताए। फिल्डमा आफै खटिएर निमार्ण व्यवसायीलाई तदारुकताका साथ काम गराउन ताकेता गर्ने उनले बताए।

यस अघि पूर्व मन्त्री एनपी साउदले उक्त पुलको सिलन्यास गरेका थिए । पुर्व मन्त्री साउदलाई पराजित गर्दै धामी सो क्षेत्रमा प्रतिनिधि सभामा विजयी भएका छन्। साउदले मोहनको उक्त पुल समयमै निमार्ण सम्पन्न गराउन पहल नगरेको आरोप लागेको थियो । तर यस पटक बिजयी भएका धामीले जसरी पनि पुल निमार्णको काम सम्पन्न गराउने दाबी गरेका हुन ।

चन्द्र शेखर मल्ल संचालक रहेको निमार्ण कम्पनीको लापवार्हीका कारण पुल निमार्णको काम अलपत्र परेको हो। ३६ महिना अर्थात ३ बर्ष भित्र निमार्ण गरिसक्नुपर्ने पुलको गत असारमा निर्माण अबधी सकिएपछि एक बर्ष म्याद थप गरिएको छ । मल्लले पुलको सिलान्यास समारोहमा, ३६ महिनाको निर्माण अवधि भएपनि आफुले २६ महिनामा पुल निमार्णको काम सम्पन्न गर्ने दावी गरेका थिए । तर ४ बर्ष पुग्न लाग्दा समेत मल्लले एक तिहाई पनि काम गर्न सकेका छैनन ।

प्राबिधिक समस्या आएका कारण समयमै काम गर्न नसकेको उनको जिकिर छ । तर सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनिजयर महेन्द्र पन्तले म्याद थप गरिएपनि सोचेअनुरुप निमार्ण कम्पनीले काम नगरेको बताए।

मोहना नदीको उक्त पुल कञ्चनपुरको रैकवार विचवा सँगै साविकका अन्य आधा दर्जन गाविसका जनताको जीवनपद्दतीसँग जोडएको विषय हो । त्यहाँ बर्षेनी मानिसहरुको बगेर मृत्यु हुन्छ भने विद्यार्थीहरुको पढाईमा अवरोध हुने गरेको छ । अझ बर्खामा विरामी हुनेहरुले नदी घट्ने आशामै मृत्यु पर्खिनु पर्ने बाध्यता छ।

काममा चरम लापवार्ही गरेको उक्त कम्पनीलाई सरकारले समेत कुनै कारवाही नगरेको भन्दै स्थानिय वासिन्दा रुष्ट छन । मोहनाको पुलसंगै ठेक्का सम्झौता भएको धनगढीको राष्ट्र बैङक अगाडीको पुल निमार्ण सम्पन्न भई संचालनमा आईसकेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?