ओलीको बोलीमा लगाम

+
-

ललितपुर- राजनीति नै श्वास फेर्ने व्यक्तिका रुपमा चिनिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अबका प्रधानमन्त्रीका रुपमा देखिएका छन् ।

त्यसका लागि उनलाई शुभकामना समेत आउन थालिसकेको छ। तर एमाले संसदीय दल र त्यसपछि बामगठबन्धनका नेता विधिवतरुपमा चिनिनुपूर्व ओलीको राजनीतिक विषयको बोली लगाम लाग्न थालेको छ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा उपस्थित ओलीले राजनीतिको ‘र’ पनि उच्चारण गर्न चाहेनन्। बरु एक पत्रकारले सरकार गठनबारे सोधेको प्रश्नमा मुन्टो अर्कैतिर फर्काए। उनको जवाफ थियो, ‘नेपाललाई मेडिकल हबको रुपमा विकास गर्नुपर्छ। म यस अस्पतालको स्थापनाबाट अत्यन्तै खुसी छु । यसको उन्नति प्रगति चाहन्छु।’

ओलीको जवाफ त्यस्तो आएपछि पत्रकार पनि स्वास्थ्यमै मोडिए र फेरि प्रश्न गरे, ‘त्यसो भए अब ठूला नेताहरुलाई उपचारका लागि विदेश जान पर्दैन त ?’ त्यसमा ओलीको जवाफ थियो, ‘तपाईहरुको ध्यान ठूला नेताहरुमा मात्र गएको छ। सक्नेले सकेसम्म बाँच्न खोज्छ। विदेशमा गएर उपचार गराउन खोज्छन्। उनीहरु नेता मात्र हुन्नन्, अरु पनि हुन्छन्।’

झापा क्षेत्र नम्बर पाँचबाट प्रतिनिधिसभा सदस्यमा प्रतिद्वन्द्वीभन्दा २८ हजार ८ सय ४२ बढी मत ल्याएर विजेता बनेका उनी उपेन्द्र महतोले लगानी गरेको नख्खु स्थित मेडिसिटी अस्पताल अवलोकन गर्न पुगेका थिए। तर, केपी ओलीको त्यस्तो जवाफ आएपछि पत्रकार मात्र होइन, अवलोकन कार्यक्रममा सहभागी अच्चमित भएका थिए। सधैँजसो पत्रकारका प्रश्नको जवाफ उखानटुक्का जोडेर दिने ओलीले आइतबार कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिनसमेत उचित नठानेपछि उनीहरु अच्चमित भएका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?