धनुषा २ मा फोरम विजयी, ४ मा फोरम, १ मा बाम अगाडि

धनुषा २ मा फोरम विजयी, ४ मा फोरम, १ मा बाम अगाडि
+
-

जनकपुरधाम

धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि संघीय समाजवादी फोरमका नेता उमाशंकर अडगरिया विजयी भएका छन्। अडगरिया २३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता रामचन्द्र झाले १३ हजार ७ सय ७८ मत मात्रै प्राप्त गर्न सकेका छन्। यसैगरी नेपाली कांग्रेसका रामकृष्ण यादव ११ हजार ५ सय ५७ मत प्राप्त गरेका छन्।

धनुषा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका मातृका यादवले ८ हजार ४५४ मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका दीपक कार्कीले ४९३४ मत ल्याएका छन्। नेपाली कांग्रेसका आनन्द ढुंगानाले ४८२७ मत प्राप्त गरेका छन्।

त्यस्तै धनुषा ४ मा संघीय समाजवादी फोरमका महाजन यादवले १२४०१ मत ल्याएका छन् भने बाम गठबन्धनका रघुवीर महासेठले १० हजार ५ सय १० मत ल्याएका छन्। त्यस्तै कांग्रेसका महेन्द्र यादवले १० हजार २८ मत ल्याएका छन्। धनुषा ४ क र ख प्रदेश सभाको  मतगणना अझै सुरु भएको छैन।

धनुषा २ ख मा संघीय समाजवादी फोरमका  रामआशिष यादवले ७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका रामचन्द्र मण्डलले २ हजार ९ सय १२ मत प्राप्त गरेका छन्। कांग्रेसका राजदेव यादवले २ हजार ५ सय ३१ मत प्राप्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?