रामजनमको अपराजित यात्रामा गौरीशंकर तगारो

रामजनमको अपराजित यात्रामा गौरीशंकर तगारो
+
-

कैलाली-कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा २०४८ साल यताका सबै निर्वाचनमा विजयी पुर्वमन्त्री रामजनम चौधरीलाई यस पटक थारु समुदायकै नेता गौरीशंकर चौधरी तगारो बनेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा थारु समुदायका यी दुई पुर्व मन्त्रीबीच रोचक प्रतिस्पर्धाको आकलन गरिएपनि माओवादी केन्द्रका उमेद्वार गौरीशंकर चौधरीले मतान्तर बढाउदै अग्रता लिएपछि रामजनमको बिजयी यात्रामा पुर्णबिराम लाग्ने संकेत देखिएको हो ।

आईतवार बिहान ३६ हजार ६ सय ११ मत गणना भईसक्दा गौरीशंकर झण्डै २४ सय मतले अगाडी छन। उनले १४ हजार २ सय ७६ मत पाउदा रामजनमले ११ हजार ८ सय ८३ मत पाएका छन। कैलाली ३ मा पहाडि समुदाय भन्दा बढी थारु समुदायका मतदाता छन । नेपाली कांग्रेशबाट उमेद्वार बनेका रामजनम चौधरी अहिलेसम्मका अविजित नेता हुन।

२०६४ सालमा काँग्रेसले टिकट नदिएको भन्दै रामजनम विजयय गच्छदारको पार्टीमा गएर समानुपातिक सभाषद बनेका थिए। पुराना काँग्रेसी राजमजनम यसपाली काँग्रेसमै फर्किएका हुन । रामजनमले २०४८ को आम निर्वाचन, २०५१ सालको मध्यावधी र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट चुनाव जितेका थिए।

२०७० सालको निर्वाचनमा उनले फोरक लोकतान्त्रीकबाट चुनाव लडेर काँग्रेसका आफ्नै सहयात्री नारायणदत्त मीश्रलाई पराजित गर्दै चुनाव जितेका थिए। यता, बाम गठबन्धनका उमेदवार गौरीशंकर चौधरी तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर हुन। सुदूरपश्चिममा २०७० सालको निर्वाचनमा माओवादी केन्द्रबाट गौरीशंकर चौधरीले मात्रै साविकको ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?