केपी ओलीको एक दिन

केपी  ओलीको एक दिन
+
-

झापा-बुधबार यति एयरलाइन्सको पहिलो उडानबाट गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुरुमा झापाका पत्रकारहरूसँग कुरा गरेर सिधै गृहनगर दमक लागे। दिनभर उनी आफ्ना कार्यकर्ता तथा चुनावी सभाहरूमा व्यस्त रहे।

विहीबार ओलीले करिब ७ बजे उठेर नुहाइधुवाइ गरेर दूधको चिया पिए। करिब ८ बजेसम्म उनको निवासमा कार्यकर्ताहरुको भिड लागिसकेको थियो। आफ्नो जिल्लाका कार्यकर्ताको भिड त लाग्ने नै भयो, अन्य जिल्लाका पार्टीका नेता तथा कार्यकर्ताको समेत उनको निवासमा भिड लाग्ने गरेको छ। विहीबार पनि मोरङ, सुनसरी तथा उदयपुरका एमालेका कार्यकर्ताको निकै ठूलो भिड थियो।

 केपी आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग पार्टीको चुनाव प्रचारबारे जिज्ञासा राखे उनले। त्यति गर्दा बिहान करिब ९ बजिसकेको थियो। सुनसरी, मोरङ तथा उदयपुरका कार्यकर्ताले आफ्ना जिल्लामा पनि सम्बोधनका लागि समय दिन आग्रह गरे। उनले उदयपुरका लागि भरसक समय दिने भन्दै आश्वस्त पारेर कार्यकर्तालाई पठाए।

विहीबार मानिसहरुको भिडभाडमाझ ओलीलाई खाना खाने समय निकाल्न पनि निकै गाह्रो भएको नेकपा एमालेका झापा क्षेत्र नं ५ का इन्चार्ज तथा प्रचार प्रसार समितिको संयोजक होम थापाले बताए। उनले भने, ‘अध्यक्षज्यूले सबैको चित्त बुझाउनु पनि पर्नेछ र आफ्नो समय पनि निकाल्नु पर्नेछ। समय मिलाउनै अप्ठ्यारो हुन्छ।’ ओली झापा आउँदा भेट्न आउने मानिसहरुको समय तालिका निर्धारण गरिदिने जिम्मा थापाले नै लिएका छन्।

 केपी बिहान करिब १० बजे खाना खाएर दमकबाट बिर्तामोडका लागि निस्किँदा ११ बजिसकेको थियो । विर्तामोडमा एउटा मदरसामा हुने कार्यक्रमका लागि ओली हिँडे। मदरसामा उनले सम्बोधन गर्दा मध्यान्हको १२ बजेको थियो। त्यहाँ उनले झापाभरिका मदरसाको स्तरोन्नति गरिनुपर्ने माग सुने। मुस्लिम समुदायका सर्वसाधारणले नागरिकताको विषय पनि ओलीसमक्ष उठाएका थिए।

लगत्तै करिब एक बजेतिर ओलीले विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीको घरमा गएर चिया पिए। त्यसपछि उनी विर्तामोडको अन्दुवा खोला पूर्वपट्टी झापा क्षेत्र नं २ को चुनावी सभामा प्रमुख वक्ताका रुपमा उपस्थित भए ।

 केपी अपरान्ह करिब २ बजे उनी झापा क्षेत्र नं ३ को चुनावी सभालाई सम्बोधन गर्न भद्रपुर लागे। भद्रपुरमा झापा ३ का एमाले तथा माओवादीको समर्थनमा उठेका प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचनका राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनलाई भोट मागिदिन भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे।

भद्रपुरको सम्बोधन गरेको एक घन्टामा झापा क्षेत्र नं। ५ को एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली दुधे पुगे। दुधेको सम्बोधनपछि उनी दमकमा रहेको आफ्नो निवास पुगे। त्यसपछि उनी केहीबेर आराम गरेर फेरि भेटघाटमा लागे।

उनको निवासमा साँझका बेला बिहानको जति नै भिड हुन्छ। साँझमा कार्यकर्ताहरुसँग दिनभरिको प्रचारको प्रगतिको जानकारी लिएर फेरि अन्य भेट्न आउने मान्छेहरुसँग भलाकुसारी गरे। साँझ ७ बजेबाट जनता टेलिभिजनसँँग कुराकानीमा बसे । उनी सुत्दा मध्यरातको करिब १२ बजिसकेको थियो । झापा आउँदा उनको सुत्ने समय प्रायः मध्यरात नै हुने गरेको क्षेत्र नं ५ का इन्चार्ज होम थापाले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?