आचार्यसँग मोदीको टक्कर

+
-

विराटनगर- मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवार यतिवेला आ-आफ्नो क्षेत्रका आयोजिक कार्यक्रमहरूमा व्यस्त छन् । निर्वाचनका लागि तयारी गरिरहेका दलहरु अन्तिम समय आउँदासम्म आफ्नो तयारीलाई रणनीतिक बनाउन सक्रिय भइरहेका छन् । सोही क्रममा मोरङ क्षेत्र नम्बर ४ मा निर्वाचनको वातावरण रोमाञ्चक बन्दै गइरहेको छ ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेद्वार महेश आचार्यलाई यसअघि दोस्रो संविधान सभा निर्वाचनमा स्थानीयले जिताएका थिए । चुनावी अभियानका क्रममा ६३ वर्षीय आचार्यले दिगो शान्ति र संविधान कार्यान्वयका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताउँदै आएका छन् । २०४६ सालमा बहुदल स्थापनापछि जर्मनीमा अध्ययनरत आचार्यलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । ३६ वर्षको उमेरमा अर्थमन्त्री बनेका आचार्यले त्यसपछि, रक्षा, कृषि हुँदै वन मन्त्रालयसम्मको नेतृत्व सम्हाले । अघिल्लो संविधानसभा निर्वाचनमा जित हासिल गरेका आचार्यलाई यसपटक सहज भने छैन ।

संयुक्त बामगठबन्धनबाट आचार्यका प्रतिद्वन्द्वी ३२ वर्षीय अमनलाल मोदी छन् । सुनसरीको डंग्राहास्थित नारायणी मावि र दुहबीको सरस्वती मावि हुँदै विराटनगरको महेन्द्र मोरङ कलेजमै अध्ययन गरेका मोदी २०७० सालको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसद बनेका थिए । थारु समुदायका मोदी माओवादी सशस्त्र द्वन्द्वका क्रममा भूमिगत थिए । यस क्रममा करिब अढाइ वर्ष जेल पनि परे । आक्रामक शैलीका मोदी संविधानसभा बैठकका क्रममा कुर्सी तोडफोड गरेर चर्चामा आएका थिए ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि यस क्षेत्रमा उम्मेदवार उठाएको छैन । मधेश आन्दोलनपछि राम्रो पकड बनाएको फोरमले प्रदेश सभामा भने यहाँबाट रतन यादव र श्रीराम कामतलाई मैदानमा उतारेको छ । त्यसअघि २०६४ सालको पहिलो निर्वाचनमा यस क्षेत्रमा मधेशी जनअधिकार फोरम नेपालका भीमराज राजवंशी १७ हजार ८६ मतका साथ विजयी भएका थिए जतिबेला मधेस आन्दोलन शिखरमा थियो ।

यस निर्वाचन क्षेत्रमा ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिकाको वडा नम्बर ५, ६ र ७ छन् । यहाँ विराटनगर महानगरपालिकाको १, २, ३, ८, १०, १९ छन् । यहाँको कुल मतदाता संख्या ९९ हजार १ सय २३ छ । थारु समुदायको बाहुल्य रहेको ग्रामथानको मतदाता संख्या २३ हजार ८ सय ७८ छ । कटहरी गाउँपालिकामा भने २३ हजार १ सय २६ मतदाता छन् । विराटनगर महानगरपालिकाको ६ वटा वडा रहेको यस क्षेत्रमा मतदाता संख्या ४१ हजार ४७ छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?