नेपाली खानामा रमाएको एउटा अमेरिकी जिब्रो
स्मृतिहरु सजीव छन् । उनलाई पोखरामा एक हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ । उनी नेपाली नजान्ने, हजुरआमा अंग्रेजी नबुझ्ने । हजुरआमाले उनको समस्या बुझिन् । उनले हजुरआमाको इसाराको भाषा सम्झिए । अमेरिकाको अर्कान्ससबाट नेपाल घुम्न आउँदाका अमिट सम्झनाहरु म्याक्स म्याकफार्लिनले समेटेर राखेका…