थप ३२४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

Copy to clipboard
Copied!

काठमाडौँ–नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ।

शुक्रबार ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन। हाल देशभर ३ हजार ९४३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर १ हजार ६७३ पीसीआर तथा १ हजार ८४२ एन्टिजेन परीक्षण भएको छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्