प्रजातान्त्रिक आन्दोलामा योगदान पुर्‍याउनेलाई सम्मान

Copy to clipboard
Copied!

काठमाडौँ–प्रजातान्त्रिक विचार समाजले प्रजातान्त्रिक आन्दोनलमा योगदान पुर्‍याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ।

प्रजातान्त्रिक विचार समाजले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रमको आयोजना गर्दै कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान २०७८ बाट सम्मान गरेको हो।

त्यस्तै होमनाथ दाहाललाई लोकतान्त्रिक योद्धा सम्मान २०७९ बाट सम्मान गरिएको छ। दुवै जनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्रका साथमा सम्मान गरेका हुन्।

चित्रकार स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेपछि उनकी धर्मपत्नी गंगा चित्रकारले सम्मानपत्र बुझेकी हुन्।

दुवैजनाले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याएकाले सम्मान गरिएको समाजले जनाएको छ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्