महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

तस्बिर स्रोत: रुटिन अफ नेपाल बन्द

काठमाडौँ – काठमाडौं महानगरपालिकाले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ।

महानगरको टोली शुक्रबार त्यहाँ गएर पार्किङ क्षेत्रमा राखिएका कुर्चीसहितका सामग्री हटाएका हुन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि कुर्ची राखेको थियो ।

तर महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नु पर्ने जनाएको छ।

महानगरले पार्किङका लागि छुट्याइएका क्षेत्रमा अरु संरचना बनाउने तथा अन्य प्रयोजनका लागि प्रयोग गर्ने गरेको भए हटाउने अभियान जारी राखेको छ ।

भदौ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्