हर्क साम्पाङलाई सघाउन धरान पुगे प्रचण्ड, दुवैले गरे सामूहिक वृक्षारोपण

मेयर हर्क साम्पाङसँगै वृक्षराेपण गर्न धारान पुगे प्रचण्ड। तस्बिर: अभयकुमार राई/देशसञ्चार
काठमाडाैँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निम्तोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान पुगेका छन्।
धरान पुगेका प्रचण्डले त्यहाँ रहेको जेबी टुहुरे स्मृति पार्कमा मेयर साम्पाङसँगै वृक्षरोपण गरेका हुन्।
केहीसमयअघि काठमाडौँ आएका धरानका मेयर साम्पाङले प्रचण्डसँग भेट्दै धरानमा जानकाे लागि निम्तो दिएका थिए।
वरिष्ठ कलाकार तथा संविधानसभा सदस्य जेवि टुहुरेको पुन्यतिथिमा धरान उपमहानगरपालिकाले कार्यक्रम गरेको थियो। साेही अवसरमा प्रचण्ड, मेयर हर्क र स्थानीयले सामूहिका रुपमा वृक्षारोपण गरेका हुन्।