कमेडियन मुनव्वर फारुकीविरुद्ध विश्व हिन्दू परिषद, कार्यक्रम रद्द नगरिए प्रदर्शन गर्ने चेतावनी

विश्व हिन्दू परिषदले स्ट्याण्डअप कमेडियन मुनव्वर फारुकीको कार्यक्रम रद्द गराउनका लागि दिल्लीका प्रहरी आयुक्तलाई पत्र लेखेको छ ।
दिल्लीको सिविक सेन्टरमा अगस्ट २८ मा मुनव्वर फारुकीको हाँस्यव्यंग्य सम्बन्धी कार्यक्रम हुँदैछ। सोही कार्यक्रम बन्द गराउनका लागि विश्व हिन्दू परिषद लागि परेको हो । परिषदले प्रहरी समक्ष बुझाएको पत्रमा सो कार्यक्रम रद्द गर्न माग गरिएको छ ।
फारुकले आफ्नो कार्यक्रमको क्रममा हिन्दू देवी–देवताको मजाक उडाउने आरोप लगाइएको छ । उनको एक कार्यक्रमपछि हैदराबादमा साम्प्रदायिक तनाव भड्किएको आरोप समेत दाबी पत्रमा गरिएको छ ।
पत्रमा लेखिएको छ, ‘मेरो निवेदन छ कि यो कार्यक्रम तत्काल रद्द गरियोस्, नत्र विश्व हिन्दू परिषद र बजरंग दलका कार्यकर्ता शो को विरोधसहित प्रदर्शन गर्ने छन्।’
द इन्डियन एक्सप्रेसले आफ्नो एक रिपोर्टमा प्रहरीलाई उद्धृत गर्दै हालसम्म उजुरी प्राप्त नभएको जनाएको छ । फारुकीको समूहले पनि पत्रबारे हालसम्म जानकारी नभएको र कार्यक्रम रद्द गर्ने सम्बन्धी कुनै जानकारी नरहेको बताएको छ ।
हिंदूद्रोही मुनब्बर को यदि नहीं रोका गया तो हिंदू समाज प्रदर्शन को मजबूर होगा @CPDelhi को अविलंब निर्णय लेकर ऐसे व्यक्ति का दिल्ली में प्रवेश वर्जित करना चाहिए pic.twitter.com/leatkywUfi
— विनोद बंसल Vinod Bansal (@vinod_bansal) August 25, 2022