महिला साफ च्याम्पियनसीप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

फाइल तस्बिर।

काठमाडौँ – नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ।

यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो। साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो।

भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। च्यापियनसीपमा भुटान समूह ‘बी’ मा रहेको छ। भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन्।

उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ/जनाउँदैन भन्ने निश्चित छैन।

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्