मानसरोवर बहुुमुखी क्याम्पस प्रमुखमा भण्डारी

सिमकोट – मानसरोवर बहुुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सिमकोट गाउँपालिका–१ का दीपकबहादुर भण्डारी नियुक्त भएका छन्। क्याम्पस व्यवस्थापन समितिको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।
यसअघिका क्याम्पस प्रमुख वसन्त रोकायाले डेढ वर्षअगाडि राजीनामा दिँदा उक्त पद रिक्त थियो। स्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण भण्डारीले एमफिल जनसंख्यामा एमफिल गरेका छन्।
सरकारी अनुदानबिनै सञ्चालन हुँदै आएको क्याम्पसलाई स्रोत जुटाउन पनि उत्तिकै चुनौती छ।
क्याम्पस प्रमुखमा नियुक्त भएपछि भण्डारीले अब क्याम्पसलाई तत्काल सञ्चालनमा ल्याइने जानकारी दिए। स्नातक तहसम्म अध्ययन हुने मानसरोवर बहुमुखी क्याम्पसमा सबै तहका गरी १ सय ८० जना विद्यार्थी भर्ना भएका छन्।