उच्च रक्तस्रावका कारण स्वास्थ्यकर्मीकाे मृत्यु

सांकेतिक तस्बिर।
धनगढी – डोटीमा उच्च रक्तस्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन्।
आदर्श गाउँपालिका-६ गिरिचौकाकी ३२ वर्षीया अनमी जानकी खडायतको ज्यान गएको हो।
बुधबार राति उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिए।
अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन्। मृत बच्चा जन्माएकी उनको उच्च रक्तस्रावका कारण मृत्यु भएको डाक्टर शाहले बताए।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा भएको बच्चा दुई तीन दिन अगाडि नै मरिसकेको थियो। उनी गिरिचौका स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन्।