डान्स पार्टीबारे स्पष्टीकरण दिँदै

फिनल्यान्डकी प्रधानमन्त्री मारिन भन्छिन्,’म पनि मानिस हुँ, रमाइलो गर्न मन पराउँछु’

फिनल्यान्डकी ३६ वर्षीया प्रधानमन्त्री सान्ना मारिन। फाइल तस्बिर।

एजेन्सी – यसै साता एउटा पार्टीमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो बचाउ गरेकी छिन्।

भिडियोको आलोचना भएपछि ३६ वर्षीया सान्ना मारिनले आफूसँग निजी जीवनको अधिकार भएको बताएकी छिन्।

‘म मानिस हुँ। यो कालो बादलबीच म पनि कहिलेकाही आनन्द, खुसीयाली र कहीलेकाही रमाइलो गर्न मन पराउँछु’ राजधानी हेलसिन्कीबाट उत्तरमा रहेको लहिटी सहरमा सोसल डेमोक्रयाटिक पार्टी (एसडीपी)को कार्यक्रममा उनले भनिन।

‘यो निजी हो। यो आनन्द र जीवन हो’ उनले भनिन्, ‘तर, मैले एक दिन पनि आफ्नो काम कर्तव्यबाट बिमुख भएकी छैन्।’ गत साता ‘निकै गार्हो’ भएको उनले बताइन्।

‘म विश्वास गर्न चाहन्छु कि मानिसहरूले हामीले हाम्रो फुर्सदको समयमा के गर्छौँभन्दा पनि काममा के गर्छाैँभनेर हेर्नेछन्’, उनले भनिन्।

एउटा कार्यक्रममा मस्तसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो। त्यसलगत्तै उनले ड्रग टेस्ट परीक्षण गरेकी थिइन्। परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ।

उनको रिपोर्ट पोजेटिभ आएपछि उनको नाचको नक्कल गर्दै भिडियो सार्वजनिक भएका छन्।

भदौ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्