लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज – बारा प्रहरीले लेनदेन मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले फरार रहँदै आएका प्रतिवादी प्रसौनी गाउँपालिका–५ बस्ने भादोलाल साह तेलीलाई पक्राउ गरेको हो।

पकाउ परेका तेलीलाई जिल्ला अदालतले गत असार ३ गते लेनदेन मुद्दामा एक वर्ष एघार महिना कैद ठहर गरेको थियो।उनलाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

पक्राउ परेका उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको उनले बताए।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्