पर्साको ठोरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

वीरगञ्ज – पर्साको ठोरी गाउँपालिकामा बुधबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परेर वीरगञ्ज महानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका–२ बस्ने ४५ वर्षीय जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अपराह्न करिब साढे चार बजे ठोरी गाउँपालिका–४ स्थित सिकारीबास पुलनजिकै बिष्टले चलाएको प्रदेश २–०३– ०११ प १४८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा बिष्टको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।

मृतक बिष्ट वीरगञ्ज वडा नम्बर ९ का सहायक वडा सचिवमा कार्यरत रहेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्व टोलीले थप अनुसन्धान तथा मुचुल्का गर्ने कार्य गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताए।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्