एक महिनामै आयात भयो १० लाखको दाँत कोट्याउने सिन्का

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालमा १२ लाखभन्दा बढीको कपडा झुण्ड्याउने ह्यांगर र १० लाखभन्दा बढीको दाँत कोट्याउने सिन्का आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा चीनबाट १२ लाख ३२ हजार रुपैयाँ बराबरको ७ हजार ६ सय १४ किलो काठले बनेको कपडा झुण्डयाउने ह्यांगर आयात भएको छ।
यस्तै, भारतबाट १८ हजार बराबरको एक क्वीन्टल २८ किलो ह्यांगर एक महिनामा आयात भएको विभागको तथ्यांक छ।
यस्तै, एक महिनामा विदेशबाट नेपालमा १० लाख ३४ हजार बराबरको बाँसले बनेको दाँत कोट्याउने सिन्का आयात भएको छ। सिन्का भारत र चीनबाट आयात गरिएको हो।