बाँकेको दुई स्थानमा शंकास्पद वस्तु फेला

नेपालगञ्ज – बाँकेको दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ। पूर्वपश्चिम राजमार्गको किरणनाला र नेपालगञ्ज-कोहलपुर सडकखण्डको झण्डहवाचोकमा बमजस्तो शंकास्पद वस्तु फेला परेको हो।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लका अनुसार, झण्डहवाचोक र किरण नालाको पुलमाथि रातो टेपले बेरेको शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद बस्तु फेला परेपछि दुवैतिरको सडकखण्ड बन्द गरिएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीलगायतले गरेको बन्दका क्रममा शंकास्पद वस्तु फेला परेको छ।

अघिल्लो सरकारसँग गरेको तीन बुँदे सहमतिविपरित पक्राउ पूर्जी जारी गरिएको, एमसीसी पासलगायतको विरोधमा बन्द गरिएको बताइएको छ।

बाँकेमा बन्दकाे सामान्य प्रभाव रहेकाे छ।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्