बन्दले सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढी सुनसान

धनगढी- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दका कारण सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढी सुनसान रहेकाे छ।

प्रदेश राजधानी धनगढीसँगै कैलाली कञ्चनपुरका अधिकांश बजार बन्द रहेका छन्।

मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरिका बस टिकट काउन्टर बन्द अवस्थामा रहेका छन्।

यस्तै, लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ। कैलाली र कञ्चनपुरमा अटोरिक्सा तथा मोटरसाइकल भने फाटफुट चलिरहेका छन्।

विद्यालय पनि पूर्णतया बन्द रहेका छन्।

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तुसमेत फेला परेका थिए। गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल-अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको र नेपाली सेनाले निस्कृय पारिसकेकाे छ।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्