रुश्दीमाथि भएकाे हमलाबारे के भन्छन् मुस्लिम वर्ल्ड लिगका महासचिव?

मुस्लिम वर्ल्ड लिगका महासचिव मुहम्मद बिन अब्दुल करीम अल-इसाले सलमान रुश्दीमाथि भएकाे हमलालाई निन्दा गरेका छन्।

अरब न्यूजसँगकाे अन्तर्वार्ताका क्रममा उनले यस घटनाकाे निन्दा गरेका हुन्। उनले इस्लामले यस्ता खालका हमलालाई स्वीकृति नदिने बताए।

इस्लाम हिंसाकाे विरुद्ध रहेकाे र कहिल्यै पनि कुनै प्रकारकाे हिंसा स्वीकार नगर्ने उनकाे भनाइ छ।

अब्दुल करीम अल-इसाले धार्मिक र बाैद्धिक विषयमा कुनै कुराकाे पूर्ण रूपमा अथवा आंशिक रूपमा अपमानजनक ढंगले बुझिन्छ भने त्यसलाई हिंसाकाे माध्यमबाट सुधार्न नसकिने बताए।

अल-इसा अन्तर्राष्ट्रिय इस्लामिक हलाल संगठनका अध्यक्ष हुन्। उनी साउदीका पूर्व न्यायमन्त्री पनि हुन्।

उनकाे उदारवादी इस्लामका कुरालाई विश्वभर सराहना गरिन्छ। यसका साथै चरमपन्थी विचारधारासँग लड्ने प्रमुख मानिस भनेर पनि उनैलाई चिनिन्छ।

‘द सटानिक भर्सेज’ लगायतका विभिन्न किताब लेखेका सलमान रुश्दीमाथि १२ अगस्टमा एक कार्यक्रमकाे दाैरान हमला भएकाे थियाे।

रुश्दीकाे सन् १९८८ मा प्रकाशित भएकाे किताब द सटानिक भर्सेजमा ईशालाई निन्दा गरेकाे आराेप छ। रुश्दीविरुद्ध फतवा पनि जारी भएकाे छ।

यसभन्दा पहिला पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफका अध्यक्ष इमरान खानले पनि यस हमलाकाे निन्दा गर्दै यसलाई भयानक र दु:खद घटना भएकाे बताएका थिए।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्