गाईसँग माेटरसाइकल ठाेक्किँदा एकजनाकाे मृत्यु

सांकेतिक तस्विर
धनगढी- धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत राजपुरमा मोटरसाइकल गाईसँग ठोक्किँदा दुईजना घाइते भएका थिए।
घाइतेमध्ये मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१३ बस्ने ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको छ।
उनको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय कैलालीले जनाएको छ।
मोटरसाइकलमा सवार गंगाकी श्रीमती सुशिला शर्मा घाइते छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गाई मरेको छ।