कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु भेटिए

फाइल तस्बिर

धनगढी- बन्दकाे क्रममा कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्।

कैलालीकाे गोदावरी नगरपालिका-१ अत्तरियास्थित मोहनापुल-अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डिएसपी जोशीले बताए।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुग्दै छ। बन्दका कारण बजार, यातायात पूर्णतया बन्द नै रहेका छन्।

भदौ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्