बिल बिजक नभएको साढे ३६ लाखको मेडिकल सामग्री लोड रहेकाे ट्रक नियन्त्रणमा

वीरगञ्ज- बिल बिजकभन्दा साढे ३६ लाख भन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको हो।
मेडिकल सामग्री तथा खुद्रा सामानहरू बोकेको सूचनाको आधारमा खटेका प्रहरी टोलीले ना.६ ख ३५१६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा बिल बिजकभन्दा बढी सामानहरू लोड रहेको पाइएको थियो।
बरामद गरिएको सामानहरूको ३६ लाख ६० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।