आज यी ठाउँमा भारी वर्षा, सतर्क रहन आग्रह

फाइल फोटो ।

काठमाडाैँ – आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाका कारण उक्त प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेकाे छ।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्