काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिकाे पार्थिक शरीर ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालबाट सानेपास्थित पार्टी कार्यालय लगिँदै छ।

दिवंगत नेता गिरिकाे श्रद्धाञ्जलि दिनका लागि उनकाे शव पार्टी कार्यालय लैजान लागिएकाे हाे।

गिरिकाे उपचारका क्रममा मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो।

उनकाे निधनमा विभिन्न नेता तथा कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। गिरिकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका गिरि गतको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए।

तस्बिरहरू :