आजबाट १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

काठमाडौँ – पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ।

दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोस्राे मात्रा खोप सञ्चालन हुनेछ।

भदौ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्