नेता गिरिको पछिल्लो स्वास्थ्य अवस्था: उच्चतम मात्रामा अक्सिजन र रक्तचापको औषधि

प्रदीप गिरि । फाइल तस्बिर

काठमाडौँ – उपचाररत कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक नै रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार उनको रक्तचाप सन्तुलित गर्नका लागि अधिकतम मात्रामा औषधि चलाइएको छ। यस्तैउनलाई उच्चतम मात्रामा अक्सिजन समेत दिइएको अस्पतालले जनाएको छ।

नेता गिरि बिगत तीन सातादेखि ललितपुरको मेडिसिटि अस्पतालमा उपचाररत छन्। गिरिलाई शुक्रबार परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको थियो।

भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्