शमशेरालाई १ करोड जरिवाना

एजेन्सी – दिल्ली उच्च अदालतले रणवीर कपूरको फिल्म ‘शमशेरा’लाई ओटीटीमा रिलिज गर्न अनुमति दिएको छ।

अदालतले यशराज फिल्मस्लाई अगष्ट २२ सम्ममा अदालतको रजिष्ट्रीमा एक करोड रुपैंयाँ जम्मा गर्नसमेत भनेको छ। यो मामला कपीराइट उल्लंघनसँग जोडिएको छ।

फिल्मको ओटीटी रिलिजसँग जोडिएको मामलामा सुनुवाई गर्दै न्यायाधिश ज्योति सिंहले विक्रमजीत भूल्लरद्वारा दायर एक मुद्धामा यो आदेश जारी गरिएको हो। भुल्लरले फिल्म निर्माताले उनको साहित्यिक कृति ‘कबहु ना छाडे खेत’ को कपीराइट उल्लंघन गरेको दाबी गरेका छन्।

अदालतले तोकिएको समयमा पैसा जम्मा नगरे ओटीटीमा फिल्म प्रसारणमा रोक लगाउने र त्यो अगष्ट २३बाट कार्यान्वयन हुनेसमेत बताएको छ।

भदौ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्